मन्दिरको कार्यालयबाट ३ लाख येन रहेको सेफ चोरी

जापानको इबाराकी प्रिफेक्चरको सुकुबामा रहेको एक मन्दिरको कार्यालयमा दुई जना घुसेर तीन लाख येन रहेको सेफ चोरी गरेका छन् ।

प्रहरीका अनुसार घटना शुक्रबार राति करिक ११ : ४० बजेको समयमा भएको हो । दुई जना व्यक्ति झ्याल तोडेर कार्यालयभित्र पसेको प्रवेश गरेको प्रहरीले बताएको छ ।

उनीहरुले त्यहाँ रहेका एक ७० वर्षीय कर्मचारीलाई हलचल नगर्न धम्की दिँदै चोरी गरेका थिए ।

चोरी गर्ने व्यक्तिहरुले नगद र कागजपत्रसहितको सानो सेफ लिएर भागेको उनले जानकारी दिएका छन् ।

प्रहरीले कालो पहिरन लगाएका र हेलमेट लगाएका ती दुई जना करिब १७० सेन्टिमिटर अग्ला भएको जनाएको छ । चोरी गरेर फरार भएका दुवै जनाको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?