
जापान र ब्रिटेन सुरक्षा तथा अन्य क्षेत्रमा सुरक्षासहितका द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् ।
जापानी प्रधानमन्त्री फुमियो किशिदा र बेलायतका प्रधानमन्त्री ऋषि सुनकबीच भएको छलफलमा सो सहमति भएको हो ।
किशिदाले हिरोसिमामा जी–७ शिखर सम्मेलन सुरु हुनुअघि आयोजित रात्रिभोजमा यसबारेमा छलफल गरेका हुन् ।
हिरोसिमा सन्धि नामक दुई देशबीचको आपसी सम्झौतामा रक्षा, व्यापार एवं. लगानी तथा प्रोद्योगिकीका साथै जलवायु परिवर्तनजस्ता वैश्विक चुनौती मिलेर सामना गर्ने उल्लेख छ ।
यो सम्झौता अनुसार दुई देश वैश्विक सामरिक साझेदारी बढाउन तयार भएका हुन् ।
सन्धिमा जापान र ब्रिटेन निकटम साझेदार भएको र खुला हिन्द–प्रशान्त क्षेत्रको परिकल्पनालाई अघि बढाउनका लागि काँधमा काँध मिलाएर अघि बढ्ने उल्लेख छ ।
