जापानमा ४० नेपाली सवार बसलाई ट्रकले ठक्कर दियो, तीन जनाको मृत्यु

जापानमा काममा जाँदै गरेका नेपाली विद्यार्थी सवार बसलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको छ । सो दुर्घटनामा तीन जनाको मृत्यु भएको बताइएको छ ।

जापानको मियागी प्रिफेक्चरमा रातको समयमा काममा जाँदै गरेका नेपाली विद्यार्थीहरु चलेको बसलाई ट्रकले ठक्कर दिएको हो ।

जापानी सञ्चारमाध्यमले हालसम्म मृत्यु भएको पुष्टि गरेका छैनन् । तर तीन जनाको अचेत अवस्थामा उद्दार गरिएको जनाइएको छ । जसमा दुई जना नेपाली विद्यार्थी र एक जना बसका चालक रहेका छन् । ट्रकका चालक भने गम्भीर घाइते भएका छन् ।

मियागीको कुरिहारामा पर्ने तोहोकु एक्सप्रेस वेमा एक कम्पनीतर्फ बस जाँदै थियो । कामदार खोजेर काममा लगाउने कम्पनीमार्फचत काममा जाने क्रममा सो बसमा ४० जना चढेका थिए । जसमा धेरैजसो नेपाली विद्यार्थी थिए ।

एक्सप्रेस वेको बिच भागमा गुडिरहेका बेला प्राविधिक समस्या आएपछि बस सोकिएको थियो । बसभित्र केही गन्ध आएपछि बसमा सवार नेपालीहरुले ढोका खोल्न भन्दै बाहिर निस्किएका थिए ।

त्यसपछि बसका महिला चालकले सबैजनालाई बस रोकिएको ठाउँभन्दा १०० मिटर अगाडि उभिन लगाएकी थिइन् । बसमा आएको प्राविधिक खराबी चेक गर्न गएकी चालकलाई सहयोग गर्न दुई नेपाली विद्यार्थी गएका थिए ।

सोही क्रममा ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिँदा उनीहरु तीनैजना गम्भीर घाइते भएका थिए । घाइते मध्ये एक नेपाली विद्यार्थीलाई करिब आधा घन्टापछि बसमा च्यापिएको र अचेल अवस्थामा निकालिएको थियो ।

प्रहरीले घटनास्थलमा मृत्युको पुष्टि नगर्ने भएकाले अस्पताल लगिएको छ । अस्पतालले भने आधिकारिक रुपमा केही बताएको विवरण आइसकेको छैन ।

ट्रकको ठक्करबाट उछिट्टिएको केही भागले लाग्दा १०० मिटर पर रहेका केही नेपाली विद्यार्थी घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?