
जापानको ओसाका प्रहरीले आफ्नी ८२ वर्षीया आमालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ५४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
क्योदोका अनुसार हिरोयुकी कोटानीले सुमियोशी वडाको आफ्नो अपार्टमेन्टमा बिहान करिब ८ बजे आफ्नै आमाको घाँटीमा चक्कु प्रहार गरेका थिए ।
त्यसको आधा घन्टापछि त्यहाँबाट करिब ५५० मिटर टाढा रहेको एक प्रहरी चौकीमा गएका थिए । त्यहाँ पुग्दा सुमियोशीसँग झोलामा रगत लागेको चक्कु कपडाले बेरिएको अवस्थामा थियो ।
चक्कु प्रहार गरिएकी ८२ वर्षीया महिलालाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
