अमेरिकी वाणिज्य दूतावासमा विस्फोटक पदार्थ राखेको आरोपमा महिला पक्राउ

威而鋼 epalsandesh.com/wp-content/uploads/2023/05/image-30.png”>

अमेरिकी वाणिज्य दूतावासमा विस्फोटक पदार्थ राखेको आरोपमा एक ४४ वर्षीय महिला पक्राउ परेकी छन् ।

जापानको आकिनावामा रहेको अमेरिकी वाणिज्य दूतावासमा पुगेकी उनले राखेको धातुको पाइपमा बारुद रहेको बताएपछि त्यस क्षेत्रमा अस्थायी रुपमा सवारी आवागमन समेत रोक्नु परेको थियो ।

दक्षिणी प्रिफेक्चरको हिगाशीकी बासिन्दा अकिनो मियागीले वाणिज्य दूतावासबाट अगाडि रहेका प्रहरी अधिकारीलाई धातुको पाइप फाल्ने धम्की दिएर काममा बाधा पुर्‍याएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । ती महिलाले भने आफूमाथिको आरोप अस्वीकार गरेकी छन् ।

प्रान्तीय राजधानी नाहा नजिकैको सहर उरासोमा सो घटना भएको हो । उनी अमेरिकी सेनाले आफ्नो उत्तरी तालिम क्षेत्र फिर्ता गर्दा छाडेको फोहोर हटाउन माग गर्दै भएको विरोध प्रदर्शनमा सहभागी रहेको बताइएको छ ।

अमेरिकी वाणिज्य दूतावासले भने उच्च सुरक्षा सतर्कता अपनाएको भन्दै धन्यवाद दिएको छ । ओकिनावा प्रान्त अमेरिकी शासनबाट जापानमा फर्किएको ५१ वर्ष पूरा भएको समयमा यो घटना भएको हो ।

ओकिनावामा अझै पनि धेरै अमेरिकी सैन्य अड्डाका कारण स्थानीयबासीले अमेरिक औपनिवेशिक शासनमा रहेको अनुभूत हुने गरेको बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?