
जापानको ओसाकामा पार्कमा रहेको शौचालयमा एउटा प्लास्टिकको झोलामा शव भेटिएको छ ।
ओसाका प्रिफेक्चरल प्रहरीले ओसाकाको एउटा पार्कमा सार्वजनिक शौचालयमा शव फेला पारेपछि अनुसन्धान सुरु गरेको छ ।
शौचालयभित्र रहेको एउटा भागमा ताला लगाएको अवस्थामा फेला परेपछि एक जना सरसफाइकर्मीले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा पुगेका प्रहरीहरुले ढोका खोलेर हेर्दा प्लास्टिकको झोलामा एक महिलाको शव फेला परेको हो । ती महिलाको गत साता नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
यसैबीच साइतामा प्रान्तकाृ तोदास्थित एक घरमा दुई पुरुषको कंकाल फेला परेको छ । लामो समयदेखि एउटै घरमा बस्दै आएका अन्दाजी ७० वर्षका दाजुभाइको कंकाल फेला परेको हो ।
एक वर्षभन्दा लामो समयदेखि ती दाजुभाइ कतै नदेखिएको भन्दै प्रहरीलाई फोन आएको थियो ।
मृत्युको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । शरीरको कंकालमात्रै भेटिएकाले उनीहरुको धेरै महिनाअघि मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
