
विष्णु तिवारी । जापानमा जुनै कुनै भिजा आवेदन दिँदा जापानी सरकारी कार्यालयले जारी गरेको मितिबाट ३ महिनाभित्रको कागज इमिग्रेसनमा बुझाउनु पर्ने हुन्छ ।
तीन महिना कटिसकेको अथवा काट्न लागेको पत्र बुझाउनु भन्दा फेरि सरकारी कार्यालयजस्तै कर कार्यालय, सिटी अफिसबाट निकाली इमिग्रेसनमा बुझाउनु पर्ने हुन्छ ।
भिजाको बेला १६ वर्ष मुनिको बच्चाको फोटो पेस गर्न नपर्ने हुँदा १६ वर्षमाथिका व्यक्तिको मात्र बुझाउनु पर्ने हुन्छ । १६ वर्षको जन्म दिन मनाइ सकेपछि भिजाको अवधि रहे पनि जाईर्युकार्डको म्याद सकिने हुँदा इमिग्रेसनमा गइ जाईर्युकार्डमा फोटो हाल्नु पर्ने हुन्छ ।
विदेशी राष्ट्र वा सरकारी कार्यालयबाट जारी गरिएका सबै प्रमाणपत्रहरू विदेशी भाषामा लेखिएका भए जापानी भाषामा अनुवाद गरी बुझाउनुपर्ने हुन्छ । सामान्यतया अंग्रेजी भाषामा लेखिएको पत्र भए अनुवाद नभए पनि हुन्छ । तर परिस्थिति अनुसार अनुवाद गर्नुपर्ने पनि हुन सक्छ ।
इमिग्रेसनमा सामान्य नियमको रूपमा पेस गरिएका सामग्रीका कागजपत्रहरु फिर्ता नगर्ने हुँदा पुनः प्राप्त गर्न गाह्रो हुने कागजपत्र जस्तै विवाह दर्ता, जन्मदर्ताको फोटोकपीसहित ओरिजिनल पनि बुझाउँदा राम्रो हुन्छ र बुझाएर चेकजाँच पछि फिर्ता गर्न इमिग्रेसनको कर्मचारीलाई अनुरोध गर्नुपर्ने हुन्छ ।
भिजा आवेदनको समयमा अनिवार्य बुझाउनुपर्ने कागजपत्रको सूचीमा नभए पनि इमिग्रेसन अधिकारीले आवश्यकता अनुसार थप कागजपत्र आवेदन बुझाएपछि फेरि पनि अनुरोध गरी बुझाउन लगाउँछन् ।
यदी इमिग्रेसनले अनुरोध गर्दा पनि अनुरोधलाई इन्कार गरी नबुझाएमा इमिग्रेसनले सुरुमा प्राप्त गरेको कागजपत्रका आधारमा भिजा आवेदन स्वीकार अथवा अस्वीकारको निर्णय गर्ने छन् ।
त्यसैले थप कागज पत्रको अनुरोधलाई गहन रुपमा लिई सही समय बुझाउने गर्नुपर्ने हुन्छ र भिजा रद्द हुनुबाट सुरक्षित रहनु पर्छ ।
यी नियमहरु पढ्दा सामान्य लागे पनि धेरै मानिसहरुले यही सामान्य नियम पनि पूरा गर्न नसकेर दैनिक अथवा हप्तामै धेरैको भिजा बिग्रिएको अनुभव गरेका छौं ।
“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”
यस लेख बारे थप जिज्ञासा भएमा [email protected] ईमेल गर्न सक्नु हुने छ l
