
जापानको उत्तरी प्रिफेक्चर होक्काइदोमा एक प्रशिद्ध उद्यानमा दुई सय प्रकारका तुलिप फूलको मनमोहक दृश्य देखिन्छ ।
युबेत्सु नगरको कामियुबेत्सु तुलिप उद्यानमा ७० हजार वर्ग मिटरमा करिब ७ लाख तुलिपका फूल फुलेका छन् ।
यो वर्ष सामान्य भन्दा गर्मी मौसम आएपछि मेको सुरुवातदेखि नै तुलिप फुल्न सुरु भएको हो । जो गत वर्षको भन्दा १० दिन छिटो हो ।
उद्यानमा यसवर्ष ३२ नयाँ प्रकारका तुलिपका फूल रोपिएको छ ।
एकै स्थानमा थरीथरीका तुलिप फूल फुल्दा असाध्यै सुन्दर देखिन्छ । यो फूललाई अफगानिस्तानमा राष्ट्रिय फूलको दर्जा प्राप्त छ ।


