
जापानको राजधानी टोकियोको मध्यभागमा रहेको शिन्जुकुमा रहेको प्रहरी चौकी परिसरमा एक प्रहरी अधिकारी मृत अवस्थामा भेटिएका छन् ।
अचेत अवस्थामा भेटिएका उनलाई अस्पताल लगिए पनि चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।
महानगरीय प्रहरी प्रभागले घटनास्थलमा आत्महत्याको प्रयास भएको भन्दै अनुसन्धान गरिरहेको छ । मृत्यु भएका ती ३० वर्षीय प्रहरीका सामान प्रहरी चौकीको १२औं तलामा अलपत्र अवस्थामा फेला परेका थिए ।
गत ५ मेमा पनि जापानी प्रधानमन्त्रीको सरकारी निवासको शौचालयमा एक प्रहरी अधिकारीले आफ्नै पेस्तोलले कन्चटमा गोली हानी आत्महत्या गरेका थिए ।