जापानमा बिहानै शक्तिशाली भूकम्प, सुनामीको खतरा छैन

जापानमा बिहीबार बिहानै शक्तिशाली भूकम्प गएको छ । टोकियो नजिकै चिबा प्रान्त केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको हो ।

जापान मौसम विज्ञान एजेन्सीले बिहीबार बिहान ४ बजेर १६ मिनेटमा चिबा प्रान्तको किशाराजु शहर केन्द्रबिन्दु भएर ५.४ रेक्टरको भूकम्प गएको जनाएको छ ।

भूकम्पको कम्पन चिबासहित टोकियो, खानागावा, साइतामा, गुन्मा, इबाराकी, शिजुओका, निगातासम्म गरिएको थियो ।
भूकम्पबाट सुनामी सहित कुनै प्राकृतिक विपद् आउने भने घोषणा गरिएको छैन ।

जापान मौसम एजेन्सीले भूकम्पपछि परकम्प आउनसक्ने भन्दै सचेत रहन सबैलाई अनुरोध गरेको छ ।

भूकम्पबाट कुनै क्षति भएको विवरण भने आएका छैनन् । भूकम्प ४० किलोमिटर गहिराईमा केन्द्रबिन्दु भएर गएको भन्दै मौसम एजेन्सीले समानस्तरका अन्य भूकम्प जानसक्ने खतरा औंल्याएको छ ।

जापानमा गत शुक्रबार इशिकावा प्रान्तमा ६.५ म्याग्निच्युडको भूकम्प जाँदा एक जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । सो भूकम्पपछि ५० भन्दा बढी परकम्प महसुस गरिएको थियो ।

威而鋼 ontent/uploads/2023/03/Eazy_pp_size_poster-share-5-650×338.jpg” alt=”” class=”wp-image-195785″ width=”840″ height=”437″/>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?