आफन्तलाई भिजिट भिसामा जापान बोलाउँदै हुनुहुन्छ ? सावधान ! जापानको एयरपोर्टबाटै नेपाल फिर्ता जानुपर्ला


टोकियो । नेपाल बायूसेवा निगमले प्रकाशित गरेको एउटा सूचनाले अहिले जापानमा रहेका सबै नेपालीको ध्यानाकर्षण गराएको छ । बैसाख २६ गते नेपाल बायूसेवाको आधिकारिक फेसबुक पेजमार्फत प्रकाशित सूचनामार्फत सबै नेपालीलाई सचेत रहन आग्रह गरिएको हो ।


सूचनामा भनिएको छ “पछिल्लो समय काठमाडौंबाट जापान जाने यात्रुहरुको “यात्राको उद्देश्य (Purpose of Travel) स्पष्ट नभएको” लगायत अन्य विविध कारण जनाई जापान पुगिसकेपछि त्यहाँको अध्यागमनले जापान प्रवेश निषेध गर्ने गरेको पाइएकोले काठमाडौं–जापानको टिकट लिने सम्पूर्ण यात्रुले आफ्नो यात्राको उद्देश्य स्पष्ट र भरपर्दो पुष्ट्याई हुने कागजात आफैसँग लैजान र टिकट खरिद गर्दाकै वखत जापान सरकारले निर्दिष्ट गरेका प्रवेषाज्ञा सम्बन्धी सबै कुरा बुझेर मात्र टिकट लिनु दिनु हुन सम्बन्धीत सबैलाई जानकारी गराउदै यसबाट पर्न जाने अध्यागमनको जरीवाना र अन्य खर्चहरु प्रति सम्बन्धीत ट्राभल एजेन्सी र स्वयम् यात्रु नै जिम्मेवार रहने व्यहोरा सूचित गरिन्छ ।”

पछिल्लो समय जापानले भिजिट भिसा सहज रुपमा जारी गरिरहेका बेला यस्तो सूचना आएको हो । विमानस्थलको अध्यागमन विभागले जाँच गर्दा यात्राको उद्धेस्य र पुष्टि हुने कागजात अनिवार्य आवश्यक पर्ने भएको छ ।

यदि तपाई आफ्ना वुवा–आमा वा आफन्तलाई भिजिट भिसामा बोलाउँदै हुनुहुन्छ वा भिजिट भिसामा आउँदै हुनुहुन्छ भने आफ्नो यात्राको उद्देश्य स्पष्ट र भरपर्दो पुष्ट्याई हुने कागजात लिएर आउन लगाउनुहोला ।

त्यसैगरी, जुनसुकै भिसामा आउनेहरुले पनि आफु आउनुको कारण, कहाँ जाने वा बस्ने ठेगाना, विमानस्थलमा लिन को आएको छ भन्ने लगायतका कुराहरु निर्दिष्ट गर्न समेत आवश्यक देखिएको छ ।

यदि लापरवाही गरेको खण्डमा अध्यागमनको जरिवानामा परिने वा नेपाल नै फिर्ता जानुपर्ने सम्मको झमेलामा हुने भएकाले सचेत रहन सुझाव दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?