जापानी भाषा सिक्दै हुनुहुन्छ ? यी ५ युट्युब च्यानल हेर्नुहोस्

नयाँ भाषा सिक्न सहज हुँदैन । जब हामी काम, स्कुल या अन्य जिम्मेवारीमा व्यस्त हुन्छौं भने त्यस बेला झनै सिक्ने एकदमै कम समय प्राप्त हुन्छ । तर आजका दिनमा सामाजिक सञ्जालको सही सदुपयोग गरेर कौशल हासिल गर्ने विकल्प हामीसँग छ ।

हरेक दिन यात्राका क्रममा हामीले यो तरिका अपनायौं भने भाषा सिक्नका लागि अलग समय निर्धारण गर्नु पर्दैन । जापानी भाषा सम्बन्धी पनि केही यस्ता युट्युब च्यानल छन्, जुन नियमित हेरेर जापानी भाषा परीक्षा पास गर्न सहज हुनेछ ।

जसले एक मिनेटदेखि लामा आकारका भिडियोमार्फत व्याकरणसहित जापानी भाषा सिकाउन मद्दत गर्छन् ।

१. जापानीपोड १०१

जापानीपोड १०१ युट्युबमा जापानी भाषा सिकाउने प्रसिद्ध च्यानलमध्ये एक हो । यो च्यानलमा गाना सिक्नेदेखि सुरुवाती जापानी भाषा सिक्नेसम्मका भिडियोसहित धेरै भेराइटीका भिडियो छन् ।

जसमा आफ्नो परिचय दिनेदेखि आधारभूत वाक्यांशसम्म सिक्न सकिन्छ । यदि त्यो भन्दा माथिल्लो स्तरको भाषा सिक्ने हो भने जापानी भाषामा व्यवहारिक कुराकानीहरु सामेल गरिएका भिडियो पनि यहाँ छन् ।

यो च्यानल भाषा सिक्न चाहने हरेक नयाँ व्यक्ति र पहिले सिकेका तर बिर्सिएर फेरि भाषा सिक्न चाहनेका लागि पनि उपयुक्त छ ।

यदि तपाई स्टार वार्सका प्रशंसक हुनुहुन्छ भने तपाईंले यहाँबाटै भाषा सिकेर आफ्ना भावनाहरु जापानी भाषामा साटासाट गर्न सक्ने गरी स्टार वार्समा प्रयोग गरेका शब्दहरु सिक्न सकिन्छ ।

२.स्टडी इन डेली जापानिज

स्टडी इन डेली जापानिज दैनिक जीवनमा प्रयोग हुने भाषामा केन्द्रित छ । यसमा जापानमा दैनिक जीवनमा बोलिने ‘कठबोली’ अर्थात् ‘स्ल्याङ वर्ड’ र तिनीहरुको अर्थ तथा कुन अवस्थामा कुन शब्द प्रयोग हुन्छन् भन्ने सन्दर्भहरु समेत सामेल गरिएका छन् ।

जापानी भाषा केबल पाठ्यपुस्तक मात्रै पढेर सिक्न कठिन हुने अनुमान गर्दै युट्युब च्यानल सञ्चालकले यो च्यानल सुरु गरेका हुन् । उनीहरु संस्कृति र सन्दर्भमा रुची राख्नेसहित सबैलाई जापानी भाषा सहज बनाउन चाहन्थे ।

जापानी भाषामा पोख्त हुन चाहने र अति औपचारिकतामा मात्रै सीमित हुन नचाहनेका लागि यो च्यानल उपयुक्त हुन सक्छ । जापानीहरु किन धेरै माफी माग्छन्, जापानीमा डेट कसरी गर्ने या जापानीमा ‘हह’ ‘huh’ को अर्थजस्ता रोचक कुराहरु समेटिएका भिडियो यसमा छन् ।

३.निहोंगो नो मोरी

निहोंगो नो मोरी विश्वमा जापानी भाषा सिकाउन केन्द्रित युट्युब च्यानल हो । यो जेएलपीटी (JLPT) खासगरी N3, N2 र N1 परीक्षा पास गर्नका लागि टिप्स र ट्रिक्ससहितका भिडियोका लागि प्रसिद्ध छ ।

जेएलपीटी परीक्षा व्याकरणसँग सम्बन्धि प्रश्नसहितको हुन्छ । जसको उत्तर जापानी भाषा बोलिरहनेका लागि पनि सहज हुँदैन ।

यो च्यानलले सिकाईलाई रमाइलो र आकर्षक बनाउने तथा परीक्षामा सम्झन समेत सहज हुनेगरी उत्तरसहित भिडियो बनाएको छ ।

जो सामान्य रुपमा सिक्न चाहन्छ, उसका लागि जापानी गीतका साथै जापानी भाषा सिक्नका लागि भिडियोको शृङ्खला निर्माण गरिएको छ, जसमा लोकप्रिय जापानी गीतका बोल र अर्थ पनि उल्लेख गरिएको छ ।

४.युको सेन्सेई


” (o) वा “” (ga) मा कुन सही छ भनेर शंका छुट्याउन सहज छैन । युको सेन्सेई च्यानल जापानी भाषाका सही शब्दावली, व्याकरण, क्रियापदहरु र वाक्य संरचनाहरु भन्दा बाहिर सिक्नका लागि उत्कृष्ट छ ।

यसबाट तपाईंले हरेक परिस्थितिमा सही सञ्चार गर्न सक्नुहुन्छ । यदि तपाई एक महत्वाकांक्षी भाषाविद् हुनुहुन्छ वा जापानी भाषामा सही वाक्य संरचना लेख्न सिक्दै हुनुहुन्छ वा जापानी व्याकरणका आधारभूत कुराहरु पुनः ताजा गर्न खोज्ने व्यक्ति हुनुहुन्छ भने तपाईंका लागि यो च्यानल उपयुक्त हुन्छ ।

५.निहोङ्गो देकिता सायाका

सायाका एक छोटो भिडियो निर्माता हो । जसले जापानी भाषाका दैनिक प्रयोग हुने अनौपचारिक शब्दहरुसहित हाँस्यपूर्ण रुपमा सिकाउँछ ।

यो एकदमै हल्काफुल्का हुन्छ । तर यो थप भाषा सिक्नका लागि एकदमै प्रभावकारी हुन सक्छ ।

के तपाईं हरेक दिन छिटै एउटा कुरा सिक्न चाहनुन्छ ? ‘मलाई भोक लाग्यो’, अहिले बिदा चाहन्छु, जस्ता हल्का शब्दहरु र यसलाई जापानी भाषामा कसरी उच्चारण गर्ने भन्ने सिक्न यो उपयुक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?