
जापानको राजधानी टोकियोमा अदाची वडाको तोबु स्काईट्री लाइनमा रहेको निशियाराई स्टेशनमा विस्फोट भएको छ ।
टिकट भेन्डिङ मेशिन नजिकै एक्कासी विस्फोट हुँदा एक महिला घाइते भएकी छन् । घटनास्थलमा क्यान छाडेर गएको व्यक्तिको सीसीटीभी फुटेजका माध्यमबाट पहिचान गरिएको महानगरीय प्रहरी महाशाखाले जनाएको छ ।
सोमबार साँझ ४ बजे अदाची तोबु स्काईट्री लाइनमा रहेको निशियाराई स्टेशनका कर्मचारीले विस्फोटको आवाज आएको र क्यान फुटेको प्रहरीलाई जानकारी गराएका थिए ।
सो घटनामा घाइत भएकी २० वर्षीया युवतीको निधार र शरीरका अन्य भागमा चोट लागेको छ । उनले आफूलाई तातो तरल पदार्थले लागेको र दुवै हातमा समेत दुखाई रहेको बताएकी छन् ।
सो कफी क्यान एक विदेशी मुलका व्यक्तिले छाडेको र अभियुक्तबारे अनुसन्धान भइरहेको जनाएको छ । ती ४९ वर्षीय पुरुषलाई प्रहरीले सोमबार बेलुका करिब ६ बजेतिर पक्राउ गरेको थियो ।
विस्फोट भएको क्यानमा कफी नभएको र संकलन गरी तरल पदार्थको अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
