जापानमा एक नेपाली युवतीको शव भेटियो

जापानमा एक नेपाली युवतीको शव समुद्रमा भेटिएको छ । जापान प्रहरीले एक मृतक महिलाको शव फेला परेको र उनी नेपाली भएको बताएको छ ।

समुद्रमा भेटिएको शवसँगै मोबाइल र केही व्यक्तिगत परिचय खुल्ने कपडाहरु पनि फेला परेको जनाइएको छ ।

चिन्न नसकिने अवस्थामा रहेको सो शव केही समयअघि जापानमा बेपत्ता भएकी नेपाली युवतीको भएको अनुमान गरिएको छ ।

प्रहरीले शवसँगै भेटिएका सामग्रीबाट आंशिक पहिचान गरे पनि आधिकारिक रुपमा डीएनए परीक्षणपछि मात्रै भन्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?