
जापानका प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाली राष्ट्रपति युन सोंग–येओलबीच दुई देशबीच सम्बन्ध सुधार गर्न सहमत भएका छन् । पछिल्लो दुई महिनामा दुई देशबीच दोस्रो पटक उच्च स्तरीय छलफल भएको हो ।
गत मार्चमा दक्षिण कोरियाका राष्ट्रपतिले गरेको जापान भ्रमणपछि जापानी प्रधानमन्त्री पनि दक्षिण कोरिया गएका हुन् । दुई देशका नेताबीच पछिल्लो १२ वर्षमा पहिलो पटक दोहोरो भ्रमण आदानप्रदान भएको हो ।
युनसँगको शिखर सम्मेलनअघि किशिदा र उनकी श्रीमती युकोले सोलस्थित राष्ट्रिय स्मारकको भ्रमण गरेका थिए । किशिदा १२ वर्षमा सो ठाउँको भ्रमण गर्ने पहिलो जापानी नेता हुन् ।
किशिदाले दक्षिण कोरियाली राष्ट्रपति कार्यालयमा बोल्दै आपसी विश्वासका आधारमा सम्बन्ध सहज हुने आशा व्यक्त गरे ।
बैठकमा उत्तर कोरियाको आणविक कार्यक्रम, दक्षिण कोरिया र जापानको आर्थिक सुरक्षा तथा सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दाका विषयमा छलफल भएको बताइएको छ ।
दुई देशले हालैमात्र एक अर्का देशविरुद्धका आर्थिक प्रतिशाृधका कदमहरु फिर्ता लिएका थिए । किशिदाको भ्रमणका क्रममा उनको स्वागत र विरोधमा प्रदर्शन भएका छन् ।
