
जापानमा एक संगठनले युक्रेनी शरणार्थीका लागि जापानी भाषा सिकाउन पाठ्यपुस्तक तयार पारेको छ । जापानी भाषा शिक्षण संघले शरणार्थी र जापानी भाषा सिक्न चाहनेका लागि तयार पारेको हो ।
यो पाठ्यपुस्तक अभिवादन र किलमेलमा प्रयोग हुने वाक्यहरुसहित दैनिक जीवनका कुराकानीमा आधारित छ ।
पाठ्यपुस्तकमा प्रयोग गरिएका कुराकानी स्मार्टफोनबाट पनि सुन्न सकिन्छ । यसका साथै पाठ्यपुस्तककमा तस्बिरसहित लिफ्ट र बेन्डिङ्ग मेशिनका जापानी संकेत र जापानी संस्कृतिको परिचय पनि दिइएको छ ।
संघले जापानमा आइ बसेका युक्रेनी शरणार्थीलाई निःशुल्क बाँड्नका लागि २ हजार ५०० प्रति छपाएको छ । संघले यो पाठ्य सामग्रीले जापानमा आएका शरणार्थीको जीवनमा सहजता ल्याउने विश्वास लिएको छ ।
संघका पैमुख सेकिगुची आकीकोले यो पाठ्य सामग्रीबाट शरणार्थीले भाषा कक्षामा नगई जापानी भाषा सिक्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
