
गर्मी बढेसँगै जापानमा र्याफ्टिङ गर्न गएका एक विद्यार्थीको ढुंगा पल्टिएर मृत्यु भएको छ ।
गुन्मा प्रिफेक्चरमा र्याफ्टिङ ढुंगा पल्टिदा १९ वर्षीय विद्यार्थीको मृत्यु भएको हो । इना साइतामा प्रिफेक्चरका विद्यार्थी करिब ३ सय मिटर तल फेला परेको गुन्मा प्रिफेक्चरल प्रहरीले जनाएको छ ।
उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्कसले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार केइसुके होन्डा नाम गरेका ती विद्यार्थी करिब शुक्रबार करिब ४ बजे खोलामा खसेर बेपत्ता भएका थिए ।
होन्डासहित ६ यात्रु र र्याफ्टिङ गर्ने कम्पनीका एक कर्मचारी गरी ७ जना सवार थिए । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
र्याफ्टिङ सञ्चालन गर्ने कम्पनीका अनुसार ढुंगा पल्टिदा ८ किलोमिटर लामो बाटोमा एक घन्टा लामो यात्रा तय भएको थियो ।
नदीको छालका कारण पछाडिबाट माथि ल्याउने क्रममा ढुंगा पल्टिन पुगेको थियो ।
डुंगामा सवार सबैले लाइफ ज्याकेट र हेलमेट लगाएका थिए । त्यसैले ती विद्यार्थीको कसरी निधन हुन पुग्यो भन्ने प्रहरीले अनुसनधान गरिरहेको छ ।
