भूकम्प प्रभावित क्षेत्रका मानिसलाई सतर्क रहन सल्लाह

मध्यवर्ती जापानमा शक्तिशाली भूकम्प पछि आम मानिसहरुलाई सतर्क रहन आग्रह गरिएको छ । जापानी मौसम विभागका अधिकारीहरुले जुनसुकै बेला अर्को भूकम्प आउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेका हुन् ।

शुक्रबार इशिकावा प्रिफेक्चरको नोतोमा ६.५ रेक्टरको भूकम्प आएको थियो । स्थानीय अधिकारीहरुका अनुसार भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

भूकम्पको केन्द्र नजिक रहेको सुजु सहरमा घरहरुमा क्षति पुगेको छ । उद्दारकर्ताहरुले करिब ७० वर्षीया एक महिलालाई भत्किएको घरबाट जिवितै उद्दार गर्न सफल भएका छन् ।

उद्दारपछि महिलालाई तत्काल अस्पताल लगिएको थियो । भूकम्पपछि यो क्षेत्रमा वर्षा भएका कारण पहिरो जानसक्ने भन्दै अर्को चेतावनी जारी गरिएको छ ।

ढुंगाहरु झरेका कारण केही सडकको यातायात बन्द गरिएको छ । शुक्रबार दिउँसोको भूकम्पपछि लगातार ५० भन्दा बढी परकम्प आइसकेका छन् ।

शुक्रबार राति १० बजे ५.९ रेक्टरको अर्को भूकम्प गएको थियो । मौसम विज्ञान विभागले आगामी सातासम्ममा अर्को ठूलो भूकम्प आउनसक्ने चेतावनी दिएका छन् ।

अधिकारीहरुले शनिबारदेखि आइतबारसम्म यो क्षेत्रमा भारी वर्षा हुने अनुमान गरेका छन् । जसका कारण पहिरोको खतरा समेत बढेको अधिकारीहरुको भनाई छ ।

犀利士 poster-share-5-scaled.jpg”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?