
जापानमा लगातार भूकम्प आएपछि पहिरो जानसक्ने चेतावनी दिइएको छ ।
मध्य जापानमा आएको शक्तिशाली भूकम्पका कारण घर भत्किदा १ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
मध्य जापानका इशिकावामा जमिन मुनि १२ किलोमिटर गहिराईमा भूकम्प भएको जापान मौसम विभागले जनाएको छ ।
मौसम अधिकारीहरुले भूकम्पका कारण पहिरो जारी खतरा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । तर सुनामीको खतरा भने नरहेको अधिकारीहरुको भनाई छ ।
भूकम्पपछि धेरै वटा परकम्पको महसुस गरिएको विभागले जनाएको छ । गएराति १० बजे ५.८ रेक्टरको शक्तिशाली परकम्प गएको छ ।
नोतो क्षेत्रमा दिउँसो २ बजेर ४२ मिनेटमा ६.५ रेक्टरको भूकम्प गएको थियो । सो भूकम्पका कारण २०० भन्दा बढी घरमा क्षति पुगेको छ । त्यसपछि ४० भन्दा बढी परकम्पहरु गइसकेका छन् ।
मौसम विभागले आगामी सातासम्म अर्को शक्तिशाली भूकम्प जानसक्ने चेतावनी दिएको छ ।
