ट्रकको टक्करबाट राजदूत सुवेदीकी बुहारीको निधन

अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करबाट जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीकी भाइबुहारी प्रमिला सुवेदीको निधन भएको छ ।

अमेरिकाको टेक्सास राज्यमा सुवेदीले चलाएको कारलाई ट्रकले ठक्कर दिएको हो । नेपाली काँग्रेसका नेता दिपकप्रकाश बास्कोटाकी छोरी प्रमिला दुई दशकदेखि अमेरिका बस्दै आएकी थिइन् ।

उनका श्रीमान् रामकुमार सुवेदी एनआरएनए आइसीसीको अमेरिका क्षेत्रका क्षेत्रीय उपसंयोजक हुन् । प्रमिला रियल स्टेट क्षेत्रमा काम गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?