
जापानको मिए प्रिफेक्टरको सुजुकास्थित एक अपार्टमेन्टमा छुरा प्रहार गरी एक महिलाको हत्या भएको छ ।
घर फर्किएका अर्का एक व्यक्तिले राति करिब १० बजे हत्याबारे फोन गरेर प्रहरीलाई जानकारी दिएका थिए ।
एक महिला आफैं बस्दै आएको दुई तले भवनको बाहिरी सिढीमुनि लडिरहेको र घाँटीमा रगत बगिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
ती महिलालाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए । ३० देखि ५० वर्षको उमेरकी देखिने महिलाको घाँटीको देब्रे भागमा चक्कुले धेरै पटक प्रहार गरेको चोट देखिएको प्रहरीले जनाएको छ ।
ती महिलासँग कुनै सामान वा परिचयपत्र नभेटिएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अध्ययन सुरु भएको क्योदो समाचार संस्थाले जनाएको छ ।
