
जापानका प्रधानमन्त्रीको सरकारी निवासको शौचालयमा एक प्रहरी मृत अवस्थामा भेटिएका छन् ।
टोकियोको नागाताचोमा रहेको जापानी प्रधानमन्त्रीको सरकारी निवासको शौचालयमा महानगरीय प्रहरी विभागका एक दंगा प्रहरी अधिकृत मृत भेटिएका हुन् ।
घटनाको प्रकृति हेर्दा उनले आफैंले पेस्तोल प्रहार गरी आत्महत्या गरेको देखिएको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी विभागका अनुसार ५ मे शुक्रबारका दिन बिहान ४ बजेर ४० मिनेटमा महानगरीय प्रहरी विभागको दंगा प्रहरी कार्यालय पश्चिम गेट गार्ड स्टेसनको बाथरुममा रहेको निजी कोठामा २५ वर्षीय पुरुष प्रहरी हवल्दार ढलेको अवस्थामा भेटिएका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास नागाताचो, चियोदा–कुमा ती प्रहरी अधिकृतलाई एक सहकर्मीले मृत अवस्थामा फेला परोका हुन् । तत्काल उनलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
एक सहकर्मीले बन्दुकको गोली जस्तो आवाज सुनेको र नजिकै एउटा ह्याण्डगन शौचालयमा भेटिएको थियो । घटनाको विस्तृत अध्ययन भइरहेको छ ।
