
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले जापानमा सम्पर्क कार्यालय खोल्ने योजना बनाएको छ । यो क्षेत्रमा परामर्शका लागि नेटोले एसियामा पहिलो पटक जापानमा सम्पर्क कार्यालय खोल्ने योजना बनाएको हो ।
नेक्केई समाचार संस्थाले जापानी र नेटो अधिकारीहरुलाई उदृत गर्दै यो समाचार प्रकाशित गरेको छ ।
नेटोका सुरक्षा साझेदारहरु दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्याण्डसँग चीन र रुसका भूराजनीतिक चुनौतीहरुलाई ध्यानमा राखेर छलफल गर्न कार्यालय खोल्न लागेको जनाइएको छ ।
टोकियोमा आगामी वर्ष कार्यालय खोल्ने समाचारमा उल्लेख गरिएको छ । तर त्यसका लागि जापानले ठाउँ उपलब्ध गराउने वा नेटोले कोष दिने भन्ने विषय टुंगो लागिसकेको छैन ।
न्युयोर्क, भियना, युक्रेन र अन्य धेरै ठाउँमा नेटोका सम्पर्क कार्यालय छन् । नेटोका प्रमुख जोन स्टोलटेनबर्गले गत जनवरीमा जापानको भ्रमण गरेका थिए ।
भ्रमणका क्रममा उनले युक्रेनमा रुसी हमला र चीनको बढ्दो सैन्य शक्तिलाई उदृत गर्दै ऐतिहासिक सुरक्षा चुनौतीहरुको सामना गर्दै सम्बन्धलाई सुदृढ गर्ने प्रधानमन्त्री फुमियो किशिदासँग बाचा गरेका थिए ।
जापान र नेटोले जुलाईमा नेटो शिखर सम्मेलनअघि व्यक्तिगत रुपमा अनुकूल साझेदारी कार्यक्रममा हस्ताक्षर गर्ने लक्ष्य राख्दै साइबर खतराहरु, विघटनकारी प्रविधिहरु, विकृत सूचनाहरुमा सहयोगलाई अझै गहिरो बनाउन खोजिरहेको निक्केईले उल्लेख गरेको छ ।
नेटोमा ३१ देश सदस्य रहेका छन् । नसमा २९ वटा युरोपेली र दुई उत्तर अमेरिकी देश छन् ।
