जापानका राजकुमार आकिशिनो र पत्नी बेलायत प्रस्थान

बेलायतका राजा चाल्र्स तृतीयको शुभराज्याभिषेकमा सहभागी हुन जापानी राजकुमार आकिशिनो र उनकी श्रीमती बेलायत प्रस्थान गरेका छन् ।

बिहान साढे ८ बजे राजकुमार आकिशिनो र उनकी श्रीमती बेलायत प्रस्थान गरेका हुन् ।

उनीहरुलाई दोस्रो छोरी राजकुमारी काको र जेठो छोरा राजकुमार हिसाहितोले टोकियोको मिनातोमा रहेको आकासाका इम्पेरियल प्यालेसस्थित निवासबाट हानेदा विमानस्थलका लागि बिदा गरेका थिए ।

उनलाई बिदा गर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीश तोकुरा, बेलायत威而鋼 ी राजदूत लगायत उपस्थित भएका थिए । उनीहरुलाई लिएर सरकारी विमान १० बजेर १५ मिनेटमा बेलायत प्रस्थान गरेको छ ।

राजकुमार दम्पती शुक्रबार राजा चाल्र्सले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुने छन् भने ६ तारिख बिहान वेस्टमिन्सटर ऐबेमा आयोजना हुने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।

राजकुमार आकिशिनो र उनकी श्रीमतीले जापानका तर्फबाट औपचारिक भ्रमण गरेको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?