
जापानमा यौन अपराधीलाई कडा कारबाहीको प्रावधानसहितको नयाँ यौन अपराध सुधार कानुन ल्याइने भएको छ ।
यसअनुसार कसैको अनुमति बिना आपत्तीजनक तस्बिर खिच्ने र भिडियो बनाउन प्रतिबन्ध लगाइनेछ ।
हालसम्म यस प्रकारका अपराधमा प्रान्तीय कानुन लागू हुने गर्दथ्यो । जुन देशका अलग अलग प्रिफेक्चरमा अलग अलग थियो । जापानमा यौन अपराधलाई लिएर ठूलो बहस सुरु भएको छ ।
अब नयाँ कानुनमार्फत बलात्कारको परिभाषा पनि ब्यापक बनाइएको छ ।
जसअनुसार अब कसैको अनुमति बिना उसका गोप्य अंगको तस्बिर खिच्न र सार्वजनिक गर्नु मात्रै नभएर तस्बिर राख्न पनि प्रतिबन्ध लगाइने भएको छ ।
यो विधेयकमा खासगरी बालबालिकालाई जोड दिइएको छ । जसमा बालबालिकालाई यसप्रकारका कुनै भिडियो निर्माणमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।
जापानमा चाइल्ड मोडल्सहरुलाई यसप्रकारले भिडियोहरुमा देखाउने चलन छ । नयाँ कानुनअनुसार बालबालिकालाई यस्ता भिडियोमा प्रयोग गरेमा पनि ३ वर्ष जेल वा २२ हजार अमेरिकी डलर जरिमाना गरिनेछ ।
