
‘गोल्डेन विक’ को सार्वजनिक बिदा सुरु भएपछिको विदेश घुम्न जानेहरुको भीड लाग्न थालेको छ ।
गोल्डेन विकको पहिलो दिन अप्रिल २९ मा जापानको नारिता विमानस्थलमा विदेश घुम्न जानेहरुको भीड लाग्यो ।
अब मेको पहिलो साताभरी नै घुमफिरमा जानेको भीड लाग्ने अधिकारीहरुले जनाएका छन् ।
नारिता अन्तर्राष्ट्रिय विमानस्थल कर्पोरेशनले अप्रिल २८ देखि मे ७ को बीचमा विदेश यात्राका लागि झन्डै ३ लाख यात्रीले टिकट बुक गरेको जनाएको छ ।
यो गत वर्षको भन्दा ७ गुणा बढी र कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१८ को बेलाको भन्दा ७० प्रतिशत आसपास हो ।
प्रवेश नियमहरु खुकुलो पारिएसँगै सीमापार गन्तव्यमा जानेको संख्या बढेको छ । फर्किनेहरुको भिडका कारण मे ७ मा विमानस्थलमा भिड झनै हुने अधिकारीहरुले बताएका छन् ।
नारिता विमानस्थलबाटै घरेलु उडानका लागि गोल्डन विकभर झन्डै २ लाख ४५ हजार यात्रीले यात्रा गर्ने अनुमान गरिएको छ । यो कोरोना भाइरस सुरु हुनु अघिको गोल्डन विकको हाराहारी हो ।
