जी–७ बैठकअघि जापानलक्षित साइबर हमलाका घटना बढे

जापानमा पछिल्ला दिनमा साइबर हमलाका घटनाहरु वृद्धि भएका छन् । मार्च यता जापानी कम्पनी र सरकारी कार्यालयहरुलाई लक्षित गरी साइबर हमलाका घटनामा वृद्धि भएका हुन् ।

जापानले आगामी मेमा जी–७ को शिखर बैठक आयोजना गर्दैछ । यसरी भएका हमलाहरुमध्ये अधिकांश समस्याहरु तत्कालै समाधान भएको बताइएको छ ।

तर जापानलाई जी–७ शिखर बैठक आयोजकका रुपमा आक्रमणको प्रयास बढेको साइबर सुरक्षा निकायका अधिकारीको भनाई छ ।

बृहतस्तरमा आक्रमणको तयारीका रुपमा यी हमलाहरु भएको हुन सक्ने चुक्यो विश्वविद्यालयका इन्फर्मेशन इञ्जिनियरिङका प्राध्यापक सुनेहिको सुजुकी बताउँछन् ।

मार्च १४ यता सुरु भएको साइबर हमलाको सिलसिला अहिले पनि जारी भएको उनले बताएका छन् ।

जी–७ को शिखर सम्मेलन मे १९ देखि २१ मा हिरोशिमा प्रिफेक्चरमा हुँदैछ । सम्मेलनमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, अमेरिका र यूरोपेली संघका नेताहरु सहभागी हुनेछन् ।

वेष्ट जापान रेल्वे कम्पनीमाथि अप्रिल २० र २१ म साइबर हमला भएको थियो । टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्समाथि पनि अप्रिल २२ मा साइबर हमला भएको थियो ।

ओसाका, आइची र कुमामोतो प्रिफेक्चरसहित केही स्थानीय सरकारमाथि पनि साइबर हमला भएको छ । बुधबार नारामा प्रिफेक्चरल र सरकारी कार्यालय वेबसाइटमा पनि साइबर हमला भएको थियो ।

मन्त्रिपरिषद्को कार्यालयको सार्वजनिक सम्बन्ध कार्यालयसहित केन्द्र सरकारका केही कार्यालयका वेबसाइटहरुमा पनि साइबर हमला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?