
जापानको स्वास्थ्य मन्त्रालयले पहिलो पटक गर्भपतन चक्की बिक्री गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । योसँगै जापानमा गर्भपतन चक्की बिक्री वितरण खुला भएको छ ।
गर्भपतन चक्कीको बिक्री खुला गरिएपछि गर्भावस्थाको सुरुवाती अवस्थामा रहेका महिलाहरुलाई शल्यक्रियाको विकल्प दिने विश्वास गरिएको छ ।
बेलायती कम्पनी मिफेप्रिस्टोनमा दुई औषधिको संयोजन गरिएको छ । जसले गर्भावस्थाको हर्मोनलाई रोक्नुका साथै मिसोप्रोस्टोल, पाठेघरको संकुचनलाई उत्तेजित पार्न ३६ देखि ४८ घन्टा लिइन्छ ।
हालम्म जापानमा प्रारम्भिक गर्भपतनका लागि मात्रै शल्यक्रिया गर्न स्वीकृति दिइएको छ । तर चिकित्सा उपकरणबाट तन्तु हटाउने विधिले पाठेघरलाई हानी पुर्याउने खतरा रहेको भन्दै आलोचना हुँदै आएको थियो ।
मेफिगोको सम्भावित साइड इफेक्टहरुमा पेट दुख्ने, रगत बग्नेजस्ता समस्या हुने भएकाले चक्की लिने महिलाहरुले चिकित्सकहरुले गर्भपतन भएको पुष्टि नभएसम्म अस्पतालमै बस्नुपर्छ ।
औषधिको पूर्ण व्यवस्थापन सुनिश्चित गर्न, औषधि कम्पनीहरु र चिकित्सा संस्थाहरुलाई पनि बिक्री र प्रयोग गरिएका चक्कीहरुको संख्याका बारेमा स्थानीय चिकित्सा संघहरुले पनि मासिक रिपोर्ट पेश गर्नुपर्नेछ ।
विश्व स्वास्थ्य संगठनले गर्भपतनका लागि आवश्यक औषधिको सूचीमा गर्भपतन औषधिलाई समेत समावेश गरेको छ । यसलाई सुरक्षित विकल्पका रुपमा प्रस्तुत गरेको छ ।
खाने गर्भपतन चक्कीहरु विश्वभर प्रयोग गरिन्छ । यो चक्कीलाई फ्रान्सले ३० वर्षअघि नै अनुमति दिएको थियो । विश्वका ८० देशमा मेफिगो प्याक नामको गर्भपतन औषधि उपलब्ध छ ।
देशको मातृ स्वास्थ्य कानुनअनुसार स्वीकृत गरिएको यो औषधिको उद्देश्य गर्भवतीको जीवन र स्वास्थ्यको रक्षा गर्नु हो ।
मन्त्रालयले १२ हजार सर्वसाधारणका प्रतिक्रियाको अध्ययनपििछ गत साता मेफिगोको उत्पादन र मार्केटिङ गर्न स्वीकृति दिएको थियो ।
जापानमा आर्थिक वर्ष सन् २०२१ मा मात्रै १ लाख २६ हजार १७४ गर्भपतन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
