
कोरोना भाइरसविरुद्धको खोप लगाएपछि जापानमा एक वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु भएका ती बालकमा मृगौलाको गम्भीर रोग रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जापानमा कोभिडको खोप लगाएर कुनै बालकको मृत्यु भएको यो पहिलो घटना भएको बताइएको छ ।
मन्त्रालयले विज्ञहरुको समितिको बैठकमा बालकको मृत्यु भएको तथ्य सार्वजनिक गरेका हुन् । एउटा स्वास्थ्य संस्थाले कोभिडको खोप लगाएका बालकको मृत्यु भएको घटनाबारे मन्त्रालयलाई जानकारी गराएको थियो ।
खोप लगाएपछि गत फेब्रुअरीमा ती बालकको मृत्यु थियो । अमेरिकी फर्मा कम्पनी फाइजरको खोपको तेस्रो मात्रा लगाएको दुई दिनपछि बालकको मृत्यु भएको बताइएको छ ।
मृगौला पीडित बालकको डाइलेसिस उपचार हुँदै थियो । जापानले गत वर्ष मात्रै ६ महिनादेखि ४ वर्षका बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप लगाउन सुरु गरेको थियो ।
