
जापानको बहुराष्ट्रिय व्यापारिक घराना सोनी र अटो निर्माता कम्पनी टोयोटाको वार्षिक बिक्री कीर्तिमानी रुपमा बढेको छ ।
डलरको तुलनामा कमजोर येन तथा गेम र चिप व्यवसायको सुदृढ प्रदर्शनका कारण आर्थिक वर्ष २०२२ मा कम्पनीको बिक्रीले नयाँ उचाई छोएको हो ।
समीक्षा अवधिमा समूहले ११५ खर्ब ४० अर्ब येन अर्थात झन्डै ८५ अर्ब डलर बराबरको विक्री गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.३ प्रतिशत धेरै हो । सो अवधिमा कम्पनीले ९ खर्ब ३७ अर्ब येन खुद मुनाफा कमाएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको भन्दा ६.२ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ९ खर्ब ३७ अर्ब मात्रै थियो ।
यस्तै अटो निर्माता कम्पनी टोयोटा मोटरको सवारी बिक्री पनि कीर्तिमानी स्तरमा बढेको छ ।
गत आर्थिक वर्षमा कम्पनीले विश्वभर कुल ९६ लाख ९ हजार ७८२ थान सवारी साधन बेच्न सफल भएको छ । कम्पनीले एकै आर्थिक वर्षमा बेचेको यो अहिलेसम्मकै धेरै सवारी साधन हो ।
बिक्रीको यो आकार अघिल्लो आवको भन्दा चाँहि १ प्रतिशत धेरै हो । योसँगै आर्थिक वर्ष २०१८ मा कम्पनीले बनाएको बिक्रीको कीर्तिमान पनि तोडिएको छ । कम्पनीको बिक्री लगातार दोस्रो वर्ष बढेको हो ।
गत महिना सकिएको आर्थिक वर्षमा टोयोटाले घरेलु बजारमा १४ लाख ७ हजार १५८ थान सवारी साधन बेचेको छ ।
यो अघिल्लो वर्षको भन्दा ०.८ प्रतिशत कम हो । जापानी बजारमा कम्पनीको विक्री ३ वर्षमा पहिलो पटक बढेको छ ।
