
जापानमा पछिल्लो समयमा श्रम बजारको अवस्था बिग्रिएको देखिएको छ । यहाँ लागातार दोस्रो महिना पनि बेरोजगारी दर बढेको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्चमा बेरोजगारी दर २.८ प्रतिशत रहेको छ । यो अघिल्लो महिनाको भन्दा ०.२ प्रतिशतले बढी हो ।
जापानमा अघिल्लो महिना ५ महिनामा पहिलोपटक बेरोजगारी दर बढेको थियो ।
यो अवधिमा जापानमा रोजगारीको उपलब्धता दर घटेको श्रम मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मार्चमा यो अनुपात १.३२ प्रतिशत रहेको थियो । यो अघिल्लो महिनाको भन्दा ०.२ अंक कम हो । यसको अर्थ जागिर खोज्ने हरेक सय जनाका लागि १३२ ओटा जागिर उपलब्ध थियो ।
गत केही महिनायता जापानको श्रम बजार निरन्तर बलियो बन्दै गइरहेको थियो भने बेरोजगारी दर घट्दै गइरहेको थियो ।
तर फेब्रअुरीदेखि यो अवस्था उल्टिएको छ । हालैका महिनाहरुमा विश्वभर खर्च कम गर्न र नाफा बढाउने नाममा साना ठूला अधिकांश कम्पनीहरुले धमाधम कर्मचारी निकालिरहँदा बेरोजगारी दर पनि बढेको छ ।
