
जापानले शनिबारदेखि कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सीमापारबाट आउने यात्रीहरुमाथि लगाएको प्रवेश प्रतिबन्ध अन्त्य गर्ने भएको छ ।
कानुनी रुपमा कोभिडको वर्गीकरण घटाएर साधारण रुघाखोकीको श्रेणीमा राख्नुअघि नै सीमा प्रतिबन्ध हटाउन लागेको हो ।
सरकारले यसअघि मे ८ मा प्रतिबन्धहरु हटाउने घोषणा गरेको थियो । सोही दिन देखि जापानमा कोभिडलाई मौसमी रुघाखोकीकै श्रेणीमा पुनः वर्गीकरण गरेर भाइरसको सबैभन्दा न्युन ५औं श्रेणीमा झार्न लागिएको थियो ।
तर सरकारले अहिले भने सीमा नियन्त्रण अन्त्य गर्ने मितिलाई अगाडि सार्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
हाल जापान प्रवेश गर्नेले कोभिडविरुद्धका खोपको तीन ओटै मात्रा लगाएको प्रमाण पेश गर्नुपर्छ । जापानमा यही सातादेखि गोल्डन विकको सार्वजनिक बिदा सुरु हुँदै छ ।
यो छुट्टी मे ७ सम्म चल्छ । यो अवधिमा विदेश यात्रामा जाने जापानीहरुको संख्या बढ्ने अनुमान गरिएको छ ।
जापान सरकारको यो कदमलाई विदेश घुमेर आउने जापानीहरुलाई प्रक्रिया सहज बनाउन चालेको कदमका रुपमा समेत अथ्र्याएका छन् ।
प्रतिबन्धहरु हटाएपछि पनि ज्वरो वा रुघा खोकी देखिएका यात्रीहरुको भने स्वेच्छिक रुपमा स्वास्थ्य जाँच गराउन पाउनेछन् ।
