
सेन्ट्रल जापान रेल्वे कम्पनी (जेआर तोकाई) तीन वर्षपछि आर्थिक वर्ष २०२२ मा नाफा कमाउन सफल भएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा २ खर्ब १९ अर्ब ४१ करोड ७० लाख येन खुद नाफा गरेको हो ।
गत वर्ष कम्पनीले ५१ अर्ब ९२ करोड ८० लाख येन घाटा बेहोरेको थियो ।
कोरोना भाइरसको महामारीका कारण यात्रुको संख्या घटेपछि कम्पनीको व्यापार घाटामा गएको थियो ।
कोभिड नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध खुकुलो पारिएसँगै व्यापार नाफामा गएको हो । यात्रुको संख्या पनि बढेसँगै कम्पनीको आम्दानीमा सुधार आएको हो ।
योसँगै तीन वर्षमा पहिलो पटक कम्पनी नाफामा फर्किएको हो । कम्पनीको कन्सोलिडेटेड बिक्री १४ खर्ब २८ करोड ५० लाख येन छ ।
यो अघिल्लो आर्थिक वर्षको भन्दा ४९.७ प्रतिशत धेरै हो । यस्तो बिक्री भने लगातार दोस्रो वर्ष पनि बढेको छ ।
बुलेट रेल सेवाको आम्दानी पनि ९ खर्ब ८६ अर्ब १० करोड येन छ । यो कोभिड पूर्वको स्तरभन्दा २० प्रतिशत कम भएको कम्पनीले जनाएको छ ।
