सन् २०७० सम्म जापानको जनसंख्या साढे तीन करोड घट्ने

विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान पछिल्लो वर्षमा जनसांख्यिक समस्यातर्फ धकेलिदै गएको छ ।

पछिल्ला वर्षहरुमा जन्मदर घटेर जापानको जनसंख्या निरन्तर ओरालो लाग्ने क्रम जारी छ ।

सन् २०२० मा जापानको जनसंख्या १२ करोड ६१ लाख ५० हजार थियो । सन् २०७० मा जनसंख्या घटेर ९ करोड भन्दा तल पुग्ने अनुमान गरिएको छ ।

त्यसबेलासम्म जापानको जनसंख्या ८ करोड ७० लाख हुने कल्याण मन्त्रालयको बौद्धिक समूह जनसंख्या तथा सामाजिक सुरक्षा अनुसन्धानका लागि राष्ट्रिय संस्थानको अनुमान छ ।

जापानको जनसंख्या सन २०५६ मा १० करोड भन्दा तल गर्ने अनमान सो संस्थानको छ । जसले जापानको जनसंख्या घट्ने क्रम जारी रहने देखिएको छ । यसले जापानी अर्थतन्त्र र समाजको दिगोपनामा नै खतरा उत्पन्न गराएको छ ।

सन् २०७० मा जापानको कुल जनसंख्यामा १० प्रतिशत हाराहारी विदेशीहरु पुग्ने पनि अनुमान गरिएको छ ।

सो अवधिमा जापानमा एउटी महिलाले आफ्नो जीवनभर जन्माउने सन्तानको संख्या अर्थात् कुल प्रजननदर १ दशमलव ३६ मा आउने बताइएको छ ।

सन् २०१७ मा गरिएको एउटा प्रक्षेपणमा सन् २०६५ मा प्रजननदर १ दशमलव ४४ रहने अनुमान गरिएको थियो ।

威而鋼 .com/wp-content/uploads/2023/03/Eazy_pp_size_poster-share-5-scaled.jpg”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?