
जापानको जेलमा १५ जना नेपाली रहेको खुलासा भएको छ ।
मानव अधिकार आयोगको प्रतिवेदनअनुसार विदेशी जेलमा १ हजार ३० जना नेपालीहरु थुनिएर रहेका छन् ।
जसमध्ये जापानमा १५ जना नेपालीले जेल जीवन बिताइरहेका छन् । उनीहरु के कारणले जेलमा परेका हुन् भन्ने चाहिँ स्पष्ट भनिएको छैन ।
सबैभन्दा धेरै नेपालीले जेल सजाय भोगिरहेको देश भने संयुक्त अरब इमिरेट्स (यूएई) हो । त्यहाँ २६० जना नेपाली जेलमा बन्दी जीवन बिताइरहेका छन् ।
दोस्रो धेरै मलेशियामा २२३ जना, कुवेतमा १६८ जना, साउदी अरबमा १५३ जना र हङकङमा ८८ जना जेलमा रहेका छन् ।
पछिल्ला वर्षमा रोजगारी, अध्ययन, व्यवसायजस्ता कामका लागि विदेशिने नेपालीको संख्या बढेको छ । विदेशिनको संख्या बढेसँगै विदेशी जेलमा थुनिएर बसेका नेपालीहरुको संख्या पनि बढ्दो क्रममा छ ।
