सातामा २० घण्टाभन्दा कम काम गर्नेलाई बेरोजगारी सुविधा

जापानले सातामा २० घण्टाभन्दा कम समय काम गर्ने कामदारहरूलाई बेरोजगारी बीमाका सुविधा र लाभ प्रदान गर्ने तयारी सुरु गरेको छ ।

श्रम बजारमा चरम कामदार अभावबीच पार्ट टाइम काम गर्नेका घरपरिवारलाई राहत दिन तथा रोजगारीका लागि पुनः तालिमका अवसरहरु बढाउने उद्देश्य राखेर सुविधा दिने तयारी सुरु गरिएको हो ।

अहिलेको नियमअनुसार सातामा कम्तिमा २० घन्टा काम गर्ने र कम्तीमा ३१ दिनसम्म जागिरको ठेगान भएका कामदारहरु मात्रै जापानको बेरोजगारी बीमा कार्यक्रममा सहभागी हुन योग्य हुन्छन् ।

यस्ता कामदारहरुले बेरोजगारी भत्ता, छोराछोरी स्याहार्न बिदा पाउने गरेका छन् ।

उनीहरुले तालिम तथा सीप विकासका लाभहरू पनि पाइरहेका छन् । तर सातामा २० घन्टा भन्दा कम समय काम गर्नेहरुलाई यी सबै सुविधाहरु छैनन् ।

अब भने नीति निर्माताहरुले सातामा २० घण्टाभन्दा कम काम गर्नेहरुमा पनि बेरोजगारी बीमाका केही सुविधाहरु दिनेबारे छलफल सुरु गरेको हो ।

यस्ता कामदारहरुलाई फुल टाइम काम गर्ने कामदारहरू बन्ने अवसरका लागि पुनः तालिम हासिल लगायत अवसर सिर्जना गर्ने पक्षमा पनि उनीहरु रहेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?