
पश्चिम जापानको हिरोशिमा रेल स्टेशनमा शंकास्पद वस्तुसहितको एक झोला भेटिएपछि त्रास उत्पन्न भएको छ ।
रेलवे स्टेसनसँग जोडिएको व्यावसायिक भवनभित्र एउटा कागजको झोलामा संदिग्ध वस्तु फेला परेको थियो । जसका कारण घन्टौंसम्म हाइ स्पीड रेल निलम्बन गरिएको थियो ।
हिरोशिमा प्रिफेक्चरल व्यावसायिक साइट एकिईमा गएका एक जना ग्राहकले प्रहरीलाई शौचालयभित्र शंकास्पद ब्याग भएको बताएका थिए ।
दिउँसो ३ बजेतिर हिरोशिमा प्रिफेक्चरल प्रहरीले शंकास्पद वस्तु भेटिएको स्थललाई बन्द गरेर अनुसन्धान सुरु गरेको थियो ।
दिउँसो साढे २ देखि पश्चिम जापान रेल्वेले ओकायामा र हाकाता स्टेशनबीचको बुलेट रेल लाइन बन्द गरिएको थियो ।
जापानको हिरोशिमामा आगामी महिना जी–७ को शिखर सम्मेलन हुँदैछ । सोही कारण हिरोसिमा उच्च सुरक्षा निगरानीमा राखिएको छ ।
