द्वन्द्वग्रस्त सुडानबाट जापानी नागरिक फिर्ता ल्याउन सुरु

जापानले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता ल्याउन सुरु गरेको छ ।

सेना र अर्धसैनिक बलबीच संघर्ष सर्चिएसँगै मानवीय संकट उत्पन्न भएपछि विभिन्न देशहरुले आफ्ना नागरिक सुडानबाट निकाल्न थालेका छन् ।

जापानी नागरिकहरुलाई उत्तरपूर्वमा रहेको पोर्ट सुडानबाट उद्धार गर्न सुरु गरिएको छ ।

आइतबारसुडानको राजधानी खार्तुमबाट १ हजार २०० किलोमिटर दक्षिणपूर्वमा रहेको जिबुटीमा आत्मरक्षा बलका तीन ओटा विमान गएका छन् ।

सुडानमा दूताबासका कर्मचारीहरुसहित ६३ जना जापानी नागरिक रहेको पुष्टि भएको छ ।

युद्ध विरामका लागि बाह्य दबाब बढिरहे पनि युद्धविरामको संकेत देखिएको छैन । द्वन्द्व बढ्दै जाँदा विभिन्न देशले आफ्ना नागरिकहरुको उद्धार गरिरहेका छन् ।

अमेरिकाले आफ्ना सरकारी कर्मचारीहरुलाई फिर्ता लगिसकेको छ भने फ्रान्स र साउदी अरबले पनि आफ्ना नागरिकको उद्धार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?