जापानमा यात्रा छुटका लागि खोपको प्रमाणपत्र नचाहिने

जापान सरकारले पर्यटन क्षेत्रलाई टेवा दिन ल्याएको यात्रा छुट कार्यक्रमका लागि कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य नपर्ने भएको छ ।

यसअघि जापानमा कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाउनै पर्ने व्यवस्था थियो ।

जापानको पर्यटन विभागले मे ८ देखि राष्ट्रिय पयर्टन सहायता कार्यक्रममा सो प्रावधान हटाउन लागिएको जनाएको छ ।

सरकारले कोभिडका कारण कमजोर बनेको घरेलु पयर्टन अर्थतन्त्रलाई उकास्न राष्ट्रिय पयर्टन सहायता कार्यक्रम घोषणा गरेको थियो ।

जापानले मे ८ देखि कोरोना भाइरसलाई मौसमी रुघाखोकीको श्रेणीमा राख्दैछ । योसँगै कठोर नीतिहरु पनि हट्नेछन् ।

सोही अनुसार प्रतिव्यक्ति दैनिक ७ हजार येनसम्मको छुट हुने यात्रा कार्यक्रममा सहभागी हुनेले कोभिडविरुद्धको खोपको तीन ओटै मात्रा लगाएको प्रमाणपत्र वा कोरोना भाइरसको परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम हट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?