जापानमा नवजात शिशु मृत भेटिएपछि विदेशी प्रशिक्षार्थी पक्राउ

जापानमा एक नवजात शिशु मृत अवस्थामा भेटिएपछि एक विदेशी प्रशिक्षार्थी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा १९ वर्षीया भियतनामी प्रशिक्षार्थी रहेको प्रहरीले जनाएको छ ।

पश्चिम जापानमा एक खाली जग्गामा नवजात शिशु मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । ति भियतनामी युवती हिरोशिमा प्रिफेक्चरको हिगाशिहिरोशिमा बस्दै आएकी थिइन् ।

उनी बसेको नजिकै शव भेटिएको थियो । उनैले नवजात शिशु छाडेको अनुमान गरिएको छ ।

犀利士

आफूले बच्चाको शवलाई फ्याकेको ती युवतीले पनि स्वीकार गरेकी छन् । ती युवती अक्टोबरमा जापान आएकी थिइन् । उनी कम्पनीले दिएको डर्मिटरीमै बस्दै आएकी थिइन् ।

मंगलबार बिहान साढे ८ बजेतिर एक बालकको शब जमिनमा घोप्टो अवस्थामा देखेर एक जना स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । बालकको शरीरमा बाह्य चोट भने नभेटिएको प्रहरीको भनाई छ ।

मृत जन्मिएको जुम्ल्याहा बच्चालाई लावारिसे अवस्थामा छोडेको मामिलामा गत महिना सर्वोच्च अदालतले अर्की भियतनामी प्राविधिक प्रशिक्षार्थीलाई सफाई दिएकै समयमा यो घटना सार्वजनिक भएको हो ।

प्राविधिक प्रशिक्षार्थी कार्यक्रममा आएका महिलाहरु गर्भवती वा सुत्केरी भए जर्बजस्ती जागिर छाड्न लगाएर स्वदेश फिर्ता गरिदिएको मामिलाहरु जापानमा धेरै देखिएका छन् । सोही कारण बच्चाहरु छाडेको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?