जापानको व्यापार घाटा २१७ खर्ब येनको ऐतिहासिक बिन्दुमा

विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानको व्यापार घाटा नयाँ उचाईमा पुगेको छ ।

आर्थिक वर्ष २०२२ मा विश्वका विभिन्न देशसँगको व्यापारमा जापानले १७ खर्ब ३० अर्ब येन बराबरको घाटा बेहोरेको छ ।

निर्यात भन्दा आयात तीव्र दरमा बढेपछि मार्चमा सकिएको आर्थिक वर्षमा घाटा बढेर ऐतिहासिक रुपमा माथिल्लो बिन्दुमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

योसँगै व्यापार घाटाले आर्थिक वर्ष २०१३ मा बनाएको कीर्तिमान तोडिएको हो ।

त्यति बेला जापानले १३७ खर्ब येन घाटा बेहोरेको थियो । अमेरिकी डलरको तुलनामा जापानी येनको मूल्यमा आएको गिरावटका कारण आयात महसुल आकाशिँदा जापानको घाटा थप बढेको हो । सो अवधिमा डलरको तुलनामा येन साढे १६ प्रतिशतले कमजोर बनेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३२.२ प्रतिशतले बढेको थियो । तर निर्यात भने साढे १५ प्रतिशतले मात्रै बढ्यो ।

मार्चमा मात्रै जापानको व्यापार घाटा ७ खर्ब ५४ अर्ब ५० करोड येन रहेको मन्त्रालयले जनाएको छ ।
जापानको निर्यात कमजोर हुँदा व्यापार घाटा निरन्तर बढ्नसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?