जापानमा गत महिनामात्रै १८ लाखभन्दा बढी पर्यटक भित्रिए

जापानमा गत महिना मात्रै १८ लाख भन्दा धेरै विदेशी पर्यटकहरु भित्रिएका छन् ।

राष्ट्रिय पयर्टन संगठन (एनटीओ) ले मार्चमा १८ लाख १७ हजार ५ सय विदेशी पर्यटक जापान आएको जानकारी दिएको छ ।

यो सन् २०१९ को मार्चमा कोरोना भाइरसको महामारी सुरु हुनुअघिको संख्याको ६५ प्रतिशत हो भने सन् २०२१ को सोही अवधिको तुलनमा साढे २७ गुणा बढी हो ।

जापानमा साकुरा फुल्ने मौसममा अत्यधिक पर्यटक आउने गर्छन् । यस वर्ष जापानले विदेशी क्रुज शिपलाई जापानी बन्दरगाहमा तीन वर्षमा पहिलो पटक राख्ने अनुमति दिएकाले पनि पर्यटकको संख्या बढेको एनटीओले उल्लेख गरेको छ ।

जापानबाट मार्चमा ६ लाख ९४ हजार ३० जना विदेश घुम्न गएका छन् । यो गत वर्षको मार्चको भन्दा ७० हजार ६७८ धेरै हो । तर सन् २०१९ को सोही अवधिको तुलनामा ६४ प्रतिशत कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?