
जापानको नोगोयामा एक नेपाली युवाले खोलामा हामफालेपछि चिन्ताजनक अवस्थामा उद्दार गरिएको छ ।
नेपालमा पर्वत घर भएका हरेराम पराजुलीले खोलामा हामफालेको सीसीटीभी फुटेजमा देखिएलगत्तै गएको प्रहरीले उनको उद्दार गरेको थियो ।
पराजुलीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनी नागोयामा श्रीमती र ४ वर्षको छोरासँगै बस्दै आएका थिए ।
गत मंगलबार बिहान करिब ९ बजेदेखि आफैंले साइकल चलाइर गएका उनी खोला किनारमा साइकल राखेर खोलामा हामफालेका थिए ।
अचेत अवस्थामा उद्दार गरिएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
सन् २०१० मा विद्यार्थी भिसामा जापान पुगेका उनी हाल एक जापानी कम्पनीमा कार्यरत थिए । उनले खोलामा हामफाल्नुको कारण पत्ता लागेको छैन ।
