जापानको एसडीएफले समुद्रबाट हेलिकोप्टरको भग्नावशेष निकाल्ने

जापानको आत्मरक्षा बल (एसडीएफ) ले दक्षिणी प्रिफेक्चर ओकिनावा नजिकै दुर्घटनाग्रस्त भएको हेलिकोप्टरको मुख्य भाग समुद्रबाट निकाल्ने तयारी गरिरहेको छ ।

मियाकोजिमा द्विपबाट ६ अप्रिलमा उडान भरेको केही समयमा नै हेलिकोप्टर राडारसँग सम्बन्ध बिच्छेद भएको थियो ।

एसडीएफका गोताखोरले गत आइतबार समुद्रको १०६ मिटर गहिराईमा हेलिकोप्टरको मुख्य भाग भेट्टाएका थिए । उनीहरुले समुद्रमा ५ वटा शव रहेको पनि पुष्टि गरेका छन् ।

एसडीएफले हेलिकोप्टरको भग्नावशेष निकाल्ने जिम्मा निजी कम्पनीलाई दिने र दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्ने तयारी गरेको छ ।

एसडीएफले हेलिकोप्टरको मुख्य भाग, त्यसका टुक्राहरु र फ्लाइट रेकर्डर खोज्ने योजना बनाएको हो । एसडीएफले समुद्रको तल भेटिएका शवका आधारमा ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?