श्रमिक सुरक्षित गर्न नयाँ विदेशी प्रशिक्षार्थी तालिम कार्यक्रमको प्रस्ताव

जापान सरकारले निर्माण गरेको विज्ञहरुको समितिले नयाँ प्राविधिक प्रशिक्षार्थी कार्यक्रम ल्याउन प्रस्ताव गरेका छ樂威壯 न् ।

देशलाई आवश्यक श्रमिक सुरक्षित गर्न सहयोग पुग्नेगरी विदेशी कामदारलाई लक्षित गरेर नयाँ कार्यक्रम तयार पार्न विज्ञ समितिले प्रस्ताव गरेको हो ।

विदेशी प्राविधिक प्रशिक्षार्थी ल्याउने जापानको विद्यमान कार्यक्रमको समीक्षा गर्ने जिम्मा यो समितिलाई दिइएको छ ।

जापानमा कामदारको चरम अभाव भइरहेका बेला समितिले अन्तरिम प्रतिवेदनमा विद्यमान कार्यक्रम खारेज गरी नयाँ कार्यक्रम ल्याउनुपर्ने माग गरेको छ ।

अप्रिल १० मा समितिले मस्यौदा संसोधन प्रस्ताव जारी गरेको थियो । पछिल्लो प्रतिवेदनमा चरम कामदार अभावबीच मानव संसाधन सुरक्षित गर्ने आवश्यकतामा जोड दिइएको छ ।

मानवअधिकार उल्लंघन लगायतका कुराले अहिलेको विदेशी प्राविधिक प्रशिक्षार्थी कार्यक्रम विवादित बनिरहेको छ ।

त्यसैले नयाँ कार्यक्रममा विदेशी कामदारका आवश्यकताहरुबारे प्रशस्त ध्यान दिने विषय समावेश गरिएको छ ।

समितिले विदेशी प्राविधिक कार्यक्रमको समीक्षाबारे अन्तरिम प्रतिवेदन यसै महिनाको अन्त्यतिर जारी गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?