
जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि बम हान्ने व्यक्ति पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि गरिएकोमा असन्तुष्ट रहेको पाइएको छ ।
गत वर्ष एक चुनावी प्रचारका क्रममा पूर्वप्रधानमन्त्री आबेको गोली हानी हत्या गरिएको थियो । उनको जापान सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको थियो ।
त्यसमा असन्तुष्ट रहेका २४ वर्षीया रयुजी किमुराले गत शनिबार होक्काइदोमा एक कार्यक्रममा किशिदालाई लक्षित गरी बम हानेका थिए ।
प्रहरी अनुसन्धानका क्रममा किमुराले करदाताहरुले तिरेको पैसा खर्चेर आबेको सम्मानमा राजकीय अन्त्येष्टि गरिएको भन्दै आलोचना गरेका थिए ।
गत वर्ष उनले सो कदम असंवैधानिक भएको भन्दै सरकारविरुद्ध सो विषयमा मुद्दा दायर गरेका थिए ।
सो कदम असंवैधानिक भएको भन्दै उनले गत जुलाईको हाउस अफ काउन्सिलर्सको निर्वाचनमा लड्न किशिदा उमेर र वित्तीय कारणले गर्दा अयोग्य रहेको मुद्दामा उल्लेख गरेका थिए ।
राजकीय अन्त्येष्टिको आयोजना गर्ने प्रधानमन्त्रीको निर्णय प्रजातन्त्रकै लागि चुनौती भएको समेत किमुराको तर्क छ ।
विवादास्पद धार्मिक समूह युनिफिकेशन चर्चसँग आबेको साँठगाँठ रहेको पनि उनको दाबी थियो । सोही असन्तुष्टीका कारण किमुराले किशिदालाई निशाना बनाएर बम प्रहार गर्न खोजेको प्रहरीको अनुमान छ ।