जापानका रेष्टुराँहरुमा अन्डाको परिकार बिक्री धमाधम बन्द

樂威壯 “>

अन्डाको मूल्यमा तीव्र वृद्धिसँगै जापानका रेस्टुराँहरुले अन्डाका परिकारको बिक्री धमाधम बन्द गर्न थालेका छन् ।

बर्ड फ्लुको प्रकोपका कारण लाखौं कुखुरा मारिएसँगै जापानमा अन्डाको चरम अभाव छ । सोही कारण रेष्टुराँहरुले अन्डा राखेर बनाइएको परिकारहरुको बिक्री बन्द गर्ने क्रम बढेको हो ।

यो सिजनमा देशभरमा कीर्तिमानी संख्यामा अन्डा पार्ने लेसर्य कुखुराहरु नष्ट गरिएको थियो ।

गत साता मात्रै गष्टो क्याजुअल रेष्टुराँ चेनले पनि अस्थायी रुपमा अमलेट बेच्न बन्द गरेको थियो । कफी चेन सञ्चालक कोमेदाले आफ्ना केही आउटलेटहरुमा एग सलादलगायत केही परिकार दिन नसक्ने बताएको छ ।

ह्यामबर्गर स्टिक रेष्टुराँ चेन बिकुरी–डंकीले मार्चको अन्त्ययता नै आफ्ना ६० आउटलेटमा फ्राइड एग र टोष्टको बिक्री बन्द गरेको थियो भने उसिनेको अन्डाको सट्टामा सलादमा आलु मिसाउन थालेको छ ।

योशिनोया बिफ बाउल चेनले पनि चिकेन र एग बाउललाई लिमिटेड टाइम आइटमको रुपमा बेच्ने योजना बन्द गरेको छ । यसको सट्टामा ग्रिल चिकेन बाउल बेच्न थालेको छ ।

५ अप्रिलसम्ममा जापानका सय सूचीकृत रेष्टुराँमध्ये कम्तिमा २८ ओटाले आफ्नो मेन्युबाट अन्डाको परिकार हटाएको क्रेडिट अनुसन्धान कम्पनी तेइकोकु डेटाबैंकले जनाएको छ । यो गत महिनाभन्दा १० वटाले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?