कोभिड खोप लगाएलगत्तै मृत्यु भएका थप १२ जनालाई भुक्तानी दिन मञ्जुरी

जापानको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाए लगत्तै मृत्यु भएको मामिलामा थप १२ जनालाई भुक्तानी दिन मन्जुरी दिएको छ ।

मन्त्रालयले देशको खोप कानुनका आधारमा पीडितहरुलाई भुक्तानीको अनुमति दिएको हो ।

अधिकारीहरुका अनुसार २३ वर्षदेखि ९३ वर्षबीचका ती १२ जना पुरुष र महिलाको खोप लगाउने बित्तिकै मुटुमा समस्या वा अन्य कारणबाट अचानक मृत्यु भएको थियो । तीमध्ये ११ जना मधुमेह लगायतका दीर्घ रोगीहरु थिए ।

मृतकहरुको मृत्यु प्रमाणपत्र र मेडिकल इतिहास हेरेर मृत्यु र खोपबीचको अन्तर सम्बन्धलाई अस्वीकार गर्न नसकिने देखेर भुक्तानीलाई मञ्जुरी दिएको मन्त्रालयले बताएको छ ।

जापानमा कोरोनाको खोपका कारण मृत्यु भएका ५३ जनाले भुक्तानी पाइसकेका छन् । मन्त्रालयले कुन खोप र कतिपटक लगाएको भन्नेबारेमा भने केही खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?