साप्पोरोमा ऊर्जा र वातावरणसम्बन्धी जी–७ को मन्त्री स्तरीय बैठक

उत्तरी जापानको साप्पोरो शहरमा जलवायु, ऊर्जा र वातावरण सम्बन्धी जी–७ को मन्त्री स्तरीय बैठक सुरु भएको छ ।

बैठकबाट संयुक्त घोषणापत्र तयार गर्नका लागि छलफल चलिरहेको छ ।

जापानका अर्थ, व्यापार एवं. उद्योगमन्त्री निशिमुरा याशुतोशीले बैठकलाई सम्बोधन गर्दै जी–७ का मन्त्रीहरुले ऊर्जा बजारको अवस्था स्थिर बनाउने र वैश्विक कार्बन उत्सर्जन कम गर्ने लक्ष्यलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

जापानका वातावरण मन्त्री निशिमुरा आकिहिरोले युक्रेनमा रुसी आक्रमणका कारण वैश्विक पर्यावरण र ऊर्जा क्षेत्रमा गम्भीर क्षति पुगेको टिप्पणी गरेका छन् । उनले वैश्विक प्रयासको नेतृत्व जी–७ ले गर्नुपर्नेमा जोड दिए ।

जापानले कोइलाबाट सञ्चालित विजुली घरको विवादास्पद मुद्दामा आम सहमति खोजिरहेको छ ।

युरोपेली देशहरु भने कोइलाबाट सञ्चालित हुने विद्युतमा समयसीमा लगाउनुपर्ने माग गरिरहेका छन् । संयुक्त घोषणापत्रमा यस्तो कुनै लक्ष्य सामेल गर्ने सम्भावना कम छ ।

घोषणापत्रमा कोइला, तेल र प्राकृतिक ग्यासको उपयोगका लागि कार्बन उत्सर्जनमा कटौतीका उपाय नगर्ने हो भने यसबाट उत्पादन हुने ऊर्जाको प्रयोग चरणबद्ध रुपमा रोक लगाउँदै जानुपर्नेमा जोड दिइने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?