
जापानमा नेपालीहरुको संख्या १ लाख ३९ हजार नाघेको छ । जापानको अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२२ को अन्त्यसम्म जापानमा नेपालीको संख्या १ लाख ३९ हजार ३९३ पुगेको छ ।
जापानमा गत एक वर्षमा मात्रै नेपालीको संख्या ४२ हजार थपिएको छ । पछिल्ला दुई दशकमा जापान नेपालीहरुका लागि आकर्षक गन्तव्य बनेको छ ।
सन् २००२ मा जापानमा दर्ता भएर बसेका नेपालीहरु जम्मा ३ हजार ६४९ जना मात्रै थिए । सन् २०२१ मा जापानमा नेपालीको संख्या ९७ हजार १ सय ९ जना पुगेको थियो ।
जापानमा विदेशीहरुको संख्या लगातार बढिरहेको छ । यही क्रममा नेपालीहरुको संख्या पनि बढेको हो ।
सन् २०१० पछि जापानमा विदेशीहरुको संख्या तीव्र रुपमा बढ्न थालेको हो । गत वर्ष जापानमा सबैभन्दा धेरै भियतनामीहरु आएका छन् ।
फिलिपिन्स र एशियाका अन्य देशबाट समेत जापान भित्रिनेको संख्या बढ्दा दक्षिण अमेरिकी देश ब्राजिलबाट समेत जापान भित्रिनेको संख्या तीव्र बनेको छ ।
जनसंख्याका आधारमा भने चिनियाँहरु सबैभन्दा धेरै ७ लाख १६ हनार छन् । दोस्रो र तेस्रो स्थानमा क्रमशः भियतनामी र कोरियालीहरुको संख्या छ ।
